पूर्वाञ्चल खबर
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासंघले प्रधानमन्त्री ओलीलाई बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
महासंघका अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना साथै ३ सय दिन भित्र किर्तिपुरमा रहेको क्रिकेट रंगशालालाई फ्लड लाईटसहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत गरेको छ।
महासंघले लामो समय देखि क्रिकेट रंगशालामा फ्लड लाईट जडानसहित सुविधा सम्पन्न बनाउनु पर्ने बारे सरकारलाई ध्यानाकर्षण गर्दै आएकोमा प्रधानमन्त्री ओलीले सो कार्यलाई सम्पन्न गर्न लिनुभएको पहलकदमीको स्वागत गर्दै महासंघले धन्यवाद व्यक्त गरेको बस्नेतले जानकारी दिए ।
बस्नेतले प्रधानमन्त्री ओलीको कार्यकालमा खेल क्षेत्र सहित समग्र राष्ट्रको विकास निर्माणमा नयाँ आयाम थपिने सहित ुसमृद्ध नेपाल सुखी नेपालीुको चाहना पूर्ण हुनेमा महासंघ विश्वस्त रहेको धारणा व्यक्त गरे ।