AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने गगन थापाको उद्घोष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ असार २०८१, बिहीबार १७:४५
90
Shares
फाइल तस्वीर
विराटनगर / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ बन्ने सरकारमा आफू मन्त्री नबन्ने बताएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् ।

थापाले आफू सरकारमा नगई पार्टीको काममा सक्रिय भएर लाग्ने बताए । आफू मन्त्री नबन्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको उनले बताए ।

सरकारलाई सचेत गराउने काम प्रतिपक्षले मात्रै नभएर सत्ता पक्षको पनि भएको भन्दै उनले आफू सत्ता पक्षकै बेन्चमा बसेर सरकारलाई आवश्यक कुराको समर्थन गर्ने र परेको बेला प्रश्न पनि गर्ने बताए ।

‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्छु । हाम्रो पार्टीको नेता शेखर कोइरालाले भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनुपर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनुपर्छ’, महामन्त्री थापाले भने, ‘त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने, मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर