पूर्वाञ्चल खबर
ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मान स्वरुप दहीचिउरा खुवाएर शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ ।
समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीव दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
२०८१ सालको हिन्दु नेपालीहरुको पहिलो चाडका रुपमा मनाइने असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दहीचिउरा खुवाएको आयोजक समितिका इन्द्र खतिवडाले जानकारी दिए । यसैबीच, वडा नम्बर ११माा अवस्थित ज्येष्ठ नागरिक सेवा भवनका लागि समाजसेवी चिरञ्जीवी दाहाल, पदम श्रेष्ठ र मेजर मानबहादुर राईले एसी जडान गरिदिने प्रतिबद्धता जनाए ।
गर्मीका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्दै उहाँहरुले एक हप्ताभित्र भवनको सभाहलमा चार वटा एसी जडान गरिदिने प्रतिबद्धता जनाएका छन् । सो भवनमा प्रत्येक दिन बिहान ५ देखि ६ बजेसम्म योगाभ्यास, दिउँसो भजनकीर्तनसहितका विभिन्न गतिविधि हुने गरेका छन् ।