विराटनगर, १४ चैत / विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकले छैठौ वार्षिकोत्सव मनाएको छ ।
]विराटनगरका आज एक कार्यक्रम गरी न्यू सृष्टि दैनिकले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव अवसर पारेर न्यू सृष्टि दैनिकले एक दर्जन व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । गृहमन्त्री विमलेन्द्र निधिले न्यू सृष्टि दैनिक पत्रकार पुरस्कार पत्रकार सन्तोष सिग्देले, रानुदेवी अधिकारी न्यू सृष्टि दैनिक कला पुरस्कार हास्य कलाकार दीपाश्री निरौला , महेन्द्र गोल्छा न्यू सृष्टि दैनिक स्पेशल औद्योगिक अवार्ड रवि केसी, केशवप्रसाद कोइराला न्यू सृष्टि दैनिक सामाजिक सेवा पुरस्कार महेश जाजु, निरौलालाई ९ हजार ९ सय ९९, केसीलाई २१ हजार २१ र जाजुलाई ११ हजार १ सय ११ रुपैया प्रदान गरिएको थियो । यस्तै विशेष सम्मानबाट पत्रकारहरु शेखर रेग्मी, ऋषि धमला, अविजाल विष्ट, साहित्यकार भैरोदान सुराना, लावण्य सापकोटा र मोरङ जिल्ला खेलकुद विकाश समितीका कार्यलय प्रमुख देवराज कटुवाल सम्मानित भएका छन् ।
यस्तै रामानन्द जाजु÷हरप्यारीदेवी जाजु छात्रबृत्ति श्रीगुरुकुल स्कुलका विद्यार्थी समीर वस्नेत र राजदेव उराँवलाई प्रदान गरिएको थियो । यस पटकको सरकारी सेवातर्फ मेन अफ दी इयर नेपाल प्रहरीका नायब महानिरिक्षक केशरीराज घिमिरे र नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल प्रमुख ओमप्रकास राठीलाई प्रदान गरिएको प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार बलराम पोखरेलको श्रीमत भागवत गीता पुस्तक र मोरङका प्रमुख जिल्ला अधिकार एवं गीतकार यज्ञराज कोइरालाको सम्झना यात्रा गीति एल्बमको समेत विमोचन गरिएको थियो । त्यस्तै पत्रिकाका विभिन्न विभागमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको पत्रिकाका प्रकाशक शंकर खरेलले जानकारी दिनुभयो ।
गृहमन्त्री निधिले विराटनगरलाई महानगरपालीका बनाउने विषयमालाई आफु जुटेर सार्थक तुल्याउने बताए । उनले स्थानिय निकायको निर्वाचनमा सवै जनता उत्साहित रहेको भन्दै मधेसी मोर्चा समेत सहभागि हुने बताए । समारोहमा श्रम राज्यमन्त्री दिलीप गच्छदार, सांसद अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति एवं सांसद डिकबहादुर लिम्बू, एमाले मोरङका अध्यक्ष विनोद ढकाल, संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।