AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार आचार्य सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०८०, शनिबार १८:२७
729
Shares
विराटनगर / खोटाङ सामाजिक सेवा मञ्चले अग्रज साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ ।

आज विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन् । विगत पाँच दशकभन्दा लामो समयदेखि भाषा, साहित्य र समालोचनामा सक्रिय आचार्यका विभिन्न कृति प्रकाशित छन् । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा मुक्तककार रोमा लम्सालको ‘अन्तिम भेट’ मुक्तकसंग्रहमाथि विमर्शसमेत गरिएको थियो । संग्रहका बारेमा कवि तथा समालोचक हरिप्रसाद बरालले टिप्पणी गरे । संग्रह पढ्दा जीवन भोगाइका विभिन्न पक्षहरु प्राप्त गर्न सकिने बरालले बताए । कार्यक्रममा लम्सालले संग्रहभित्रका मुक्तक वाचन गरिन् । १२७ पृष्ठको संग्रहभित्र २०२ वटा मुक्तकहरु समावेश छन् ।

मञ्चको मासिक साहित्यिक शृंखलाअन्तर्गत सोही अवसरमा दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना सुनाएका थिए । कार्यक्रममा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रमुख अतिथि विवश पोखरेल, अग्रज साहित्यकार बलराम पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कवि लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर