AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघ ट्रेड एक्स्पो विराटनगरमा सुरू, प्रम प्रचण्डले गरे उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०८०, शुक्रबार १८:२१
180
Shares
विराटनगर / मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ ।

विराटनगर-२ स्थित शंकरपुर मार्गमा आजदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे ।

पुस १६ गतेसम्म सञ्चालन हुने एक्स्पो नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरेर २ सय ४० भन्दा बढी स्टल रहने मोरङ व्यापार संघको अध्यक्ष नविन रिजालले जानकारी दिए । एक्स्पो अवधिभर ११ दिनमा १० करोड भन्दा बढीको कारोबार हुने उनले बताए ।

चार करोड रुपैयाँ खर्च हुने र ४ लाख भन्दा बढीले एक्स्पोको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

एक्स्पोमा फेशन शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन् । बिजेताले नगद एक लाख पाउने उनले बताए । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर