पूर्वाञ्चल खबर
दमकस्थित गोर्खाली टोलमा शुरु गरेको मिट सेन्टरले उपभोक्ताको माग अनुसारको स्वच्छ र ताजा मासु उपलव्ध गराउदै आएको संचालक मध्यका एक तारा बजागाईको दावी रहेको छ । नेपालमै पहिलो पल्ट यस किसिमका पसल आफ्नो टिमले संचालनमा ल्याएको बजागाईले दावी गरेका छन् ।
खुला र फोहोर ठाउँबाट अस्वस्थ मासु बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको गुनासो बढिरहेका बेला आधुनिक मिट सेन्टर सुरु गरिएकोले ग्राहकको मनजित्न सफल भएको पनि बजागाईले दाबी गरेका छन् ।
मासु र अण्डाको लागि भारतबाट आयात गरिने पशुपंक्षी भन्दा नेपालकै कृषकसँगको सहकार्यमा ताजा मासु उत्पादन गर्ने लक्षका साथ आफुहरु अघि वढेको अर्का संचालक तुलसी भट्टराईको भनाइ छ । मार्सिक २५ लाख बराबरीको कारोवार हुदै आएको सेन्टरमा ५ जनाले रोजगार पाएका छन् ।
विवाह, पार्टी, पिकनिकहरुमा मासुको माग बढेर गएको र ५ केजी भन्दा बढीको अर्डर गर्ने उपभोक्तालाई होर्म डेलेभरीको समेत सुविधा रहेको भट्टराईले जानकारी दिएका छन् ।
करिव ३५ लाख रुपैयाँको लगानीमा सुरु मिट सेन्टरमा मासुका अलवा विभिन्न किसिमका साग सब्जीहरु समेत उपलव्ध रहेको संचालक अनिल लिम्बुले जानकारी गराए । उनका अनुसार उपभोक्ताको सहजताका लागी मासुसँगै सागसब्जीहरु पनि राखिएको हो । भविष्यमा पूर्वका अन्य शहरहरुमा समेत यसको ब्राञ्च खोल्ने उदेश्य रहेको पनि लिम्बुले जानकारी गराए ।