AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रलाई बलियो बनाउन भ्रष्टाचारबाट टाँढा रहनु पर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७७, शुक्रबार १९:०९
315
Shares
विराटनगर / मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् ।

तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले राष्ट्रलाई बलियो बनाउन भ्रष्टाचार जस्ता घिनलाग्दो कार्यबाट टाँढा रहनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित मोरङ जिल्ला स्तरीय “भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिक” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन् ।

सहभागीको तर्फबाट भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ, सोही संस्थामा आवद्ध उत्तम ढुङ्गाना र बसन्त अधिकारीले भ्रष्टाचारले समाजलाई नकारात्मक दिशातर्फ धकेल्ने भएकोले यसमा सबै सरोकारवालाहरुले विचार पु¥याउनु पर्ने धारणा राखे । सहभागीकै तर्फबाट पत्रकार श्यामसुन्दर सुतियारले आम नागरिकले सेवा लिने कुनै पनि निकायमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुले जनतालाई शिरोधार्य मानेर काम गर्नु पर्ने सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भ्रष्टाचारका विषयमा आफूले शून्य सहनशीलता अपनाएको र कसैले पनि भ्रष्टाचार गरेको पाइएमा कारवाही गर्ने दृढता व्यक्त्त गरे । उनले भ्रष्टाचार मुछिएका मानिसलाई कारवाही गरेको दृष्टान्त दिँदै जनप्रतिनिधिको हैसियतले जनताकासेवा तत्पर रहेको र आयोगले जारी गरेको ६१ बँुदै निर्देशन पालना गर्न प्रतिवद्ध रहेको कुरामा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका सचिव तोयम रायले भ्रष्टाचार एक रोग हो यसलाई निर्मूल पार्न स्वयं नागरिकले पवित्र मन र वचनले काम गर्नु पर्ने धारणा राखे । उनले विश्व धेरै देशमा भ्रष्टाचार भइरहेको छ र अहिले नेपालमा भ्रष्टाचारले जडो गाडेको अवस्थामा यसबाट छुटकारा पाउन सबैले सुशासन र उत्तरदायित्वलाई बोध गर्नु पर्ने विचार राख्नुभयो । उहाँले मोरङमा यसवर्ष कुल भ्रष्टाचार सम्बन्धमा १९७ वटा उजुरी परेको जानकारी दिँदै यी सबै मुद्दालाई किनारा लगाउन अख्तियारले मागेको जवाफ सम्बन्धित निकायले समयमै दिएमा मुद्दा फर्छौट गर्न सजिलो हुने धारणा राखे ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कर्मचारीले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई कर्तव्यनिस्ट भएर पालना गर्नु बताए ।

जिल्ला स्थितका सबै कार्यालयका प्रमुख, प्रशासकीय अधिकृत र जनप्रतिनिधि सम्मिलित सो कार्यक्रममा आयोग इटहरीका प्रमुख बाबुराम खतिवडाले सुशासन र उजुरी सम्बन्धमा तथा उपसचिव पुरुषत्तम ढकालले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर