AArya
RUMPUM
animated ellipse animated ellipse

गोविन्दपुरमा आँखा शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७३, मंगलवार १८:४०
3
Shares
विराटनगर, ८ चैत / ट्रेड युनियन कांग्रेस मोरङको आयोजनामा आज मोरङको गोविन्दपुरमा शिविरको आयोजना गरिएको छ ।
विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा गरिएको निःशुल्क आँखा शिविरमा २ सय जनाले आँखाको परीक्षण गरेको आयोजकले जनाएको छ । शिविरमा विराट आँखा अस्पतालका डाक्टर सारीका यादवको नेतृत्वको टोलीले उपचार सेवा प्रदान गरेका थिए । शिविरमा मोतियाबिन्दु , आँखा पोल्ने, चिलाउने लगायउतका समस्या भएका विरामीहरु आएका थिए ।
यसैगरी निःशुल्क औषधि पनि वितरण गरिएको थियो । शिविरमा गोविन्दपुर लगायतका आसपासका स्थानीयबासीहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर