AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाजवादी मोर्चाले जिल्ला स्तरिय सन्देश सभा गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०८०, मंगलवार १७:५७
135
Shares
विराटनगर / चार दल सम्मलित समाजवादी मोर्चाले जिल्ला स्तरिय सन्देश सभा गर्ने भएको छ ।

आज नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै मोर्चा सम्मलित दलका नेताहरूले असोज २५ गते सन्देश सभा गर्न लागिएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी सम्मलित मोर्चामा चार पार्टीका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै समाजवादी सिद्वान्त , कार्यक्रम र कार्यदिशालाई सफल बनाउन सन्देश सभा आयोजना गरिएको जनाइएको छ ।

मोर्चाको सन्देश सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर