AArya
RUMPUM
animated ellipse animated ellipse

सत्य, निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत ,उत्तरदायी र प्रगतिशिल हुन्छ –पूर्व राष्ट्रपति भण्डारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८२, सोमबार १९:२३
81
Shares
विराटनगर / सञ्चार माध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउदै आएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१ औँ बार्षिकोत्सवमा अवसरमा दैनिक आवद्ध सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै उनले सो कुरा बताएकी हुन् । स्थानीय सञ्चार माध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने हुनाले यसको संरक्षण र सवलीकरण गर्नु हामी सबैको साझा जिम्मेवारी भएको पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले सञ्चार माध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजिविका एवं चुनौतिलाई उजागर गर्नपर्ने सुझाव दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई बजवुत बनाउनु अग्रणी भूमिका खेल्न आग्रह समेत गरिन् । उनले सत्य, निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत ,उत्तरदायी र प्रगतिशिल हुने बताइन् ।
पूर्व राष्ट्रपति भण्डारीले उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वदेशी उत्पादन वृद्धि गरी युवालाई स्वदेशमा गुणस्तर शिक्षा,रोजगारी उपलव्ध गराई उर्जाशिल युवाको विदेश पलायन रोक्नु पर्ने सुझाव दिइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली काग्रेस र एमाले वीचको सहकार्यले विगतमा प्रजातन्त्र ल्याउनु देखि लोकतन्त्रलाई बचाउनु महत्वपूर्ण योगदान पु¥याएको स्मरण गराए । उनले मुलुकका यी दुई पार्टीको सहकार्यले राजनीतिक स्थायित्व हुनुका साथै विगत एक वर्षका अवधिमा राजश्वमा एक खर्व २० अर्व एवं निर्यातमा ८३ प्रतिशत वृद्धिले मुलुकमा आर्थिक चलायमानको सकारात्मक सन्देश प्रवाह भएको बताए ।

मुख्यमन्त्री कार्कीले सञ्चार माध्यमले सत्य र तथ्यका आधारमा गलत कार्यका आलोचना एवं राम्रो कार्यको प्रशंसा गर्न आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रदेश सभाका सदस्य भीम पराजुलीले सङ्घीय गणतन्त्रको स्थापना पछि मुलुकमा विकासले गति लिएको बताए ।

दैनिकका प्रधान सम्पादक मोहन भण्डारी, प्रा कृष्णप्रसाद पोखरेल, जसपा नेपालका केन्द्रीय सदस्य संजय सिंहलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदुढ बनाउनु आफ्नो क्षेत्रमा लाग्नु पर्ने बताए ।
सो अवसरमा पूर्व राष्ट्रपति भण्डारीले दैनिकका सञ्चारकर्मीहरु बाबुराम भण्डारी, मणिराम दाहाल लगायत अन्यलाई सम्मान गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर