AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नवजात शिशु विक्री प्रकरण डा। कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०८०, सोमबार २१:५९
315
Shares
विराटनगर /हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर सोमबार मुद्दा दायर गरेको हो । उनीहरूलाई अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको जिल्ला न्यायाधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमनी राजबंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ ।

अपहरणतर्फ सात वर्षदेखि दशवर्षसम्म कैद, व्यक्ति बेपत्तामा १५ वर्षसम्म मागदाबी लिएर अभियोग दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएकोले मंगलबार प्रतिवादीहरुको बयान हुने र बयान सकिए सोही दिन बहस हुने अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर