पूर्वाञ्चल खबर
हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति, मेलमिलाप र सहिष्णुता जस्ता विषयहरुमा नाटक तयार गरेर विद्यार्थीहरुले अभिनय गरेको पूर्वाञ्चल स्कुलको ‘स्वाद’ उत्कृष्ट नाटक घोषणा हुँदै पुरस्कृत भएको हो ।

उक्त नाटकसँगै समापन भएको महोत्सवमा विराटनगरका विभिन्न ९ विद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए । यस्तै ‘कोपिला’मा अभिनय गर्ने ग्रिनल्याण्ड स्कुलका विद्यार्थी आरभ कोइराला उत्कृष्ट अभिनेता र सम्पदा निरौला उत्कृष्ट अभिनेत्री घोषणा हुँदै पुरस्कृत भए ।
गुरुकुलले विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । आवेदनका लागि फारम भरिसकेका विद्यालय छनोट गरी निशुल्क प्रशिक्षण तथा प्राविधिक सहयोग गरी प्रोत्साहन गरेको गुरुकुलले विद्यार्थी र रङ्गमञ्च जोड्ने पुलको काम गरेको गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।