AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण मेरो प्राथामिकता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०८०, मंगलवार २१:०४
666
Shares
विराटनगर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् ।

एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले संचारकर्मीहरूसँग आज परिचयात्मक कार्यक्रममा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा केन्द्रीत भएर लागि पर्ने बताएका हुन् ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थान र दुर्घटना न्युनिकरणमा लागि पर्ने उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनको भनाई छ ।
विराटनगर महानगरपालिसँगको समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थानको लागि विराटनगरको मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्ने तयारी भएको छ,’ उनले भने । उनले सवारी साधनको सहज आवगमनको लागि विराटनगरको रोडशेष देखि बरगाछीसम्मको सिक्सलेनको सडकको एकतर्फी भागमा पार्किङ्ग निषेध गरिएको बताए ।

आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने बिभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गरिने बताए । ‘मैले यी दुई काम गर्छु, जसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा सघाउ पु¥याउनेछ तर अन्त्य गर्छ भनेर अहिले भन्दिनँ’, उनले भने, ‘ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै धेरै सहज हुन्छ त्यही अनुसार काम गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर