AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सांसदको कार्यक्रम आदीवासीले बहिस्कार गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार १८:५०
3
Shares
विराटनगर, ५ चैत /नेपाल आदीवासी जनजाति महासंघ मोरङले सांसद उपस्थिीति भएको कार्यक्रम वहिस्कार गर्ने भएको छ ।
मोरङबाट प्रत्यक्ष रुपमा निर्वाचित र सामानुपातिक सांसदहरुलाई आदीवासीको कार्यक्रमलाई उपेक्षा गरेको भन्दै उनीहरुले यस्तो निर्णय गरेको हो ।
विराटनगरमा आज शनिबार भएको पहिचान र अधिकार सहितको संघियता आदीवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान®त विषयक सांसद तथा राजनैतिक दल र आदीबासि जनजाति बिचको अन्तरक्रिया कार्यक्रममा सांसदहरुलाई उपस्थीतिको लागि निमन्त्रणा गर्दा पनि कार्यक्रमलाई उपेक्षा गरेको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मोरङ जिल्लामा सांसद उपस्थीति भएको कुनै पनि कार्यक्रममा आदिवासी जनजातिलगायत उत्पीडित राष्ट्रियताहरुले बहिस्कार गर्ने नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिलनकुमार राईद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर