पूर्वाञ्चल खबर
विराटनगर आज एक कार्यक्रमको विचआयोजना भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांगीतिक कार्यक्रम , क्यारिकेचरलगायतका प्रतिभा प्रस्तुत गर्दै नवआगन्तुक विद्यार्थीको स्वागत गरेका हुन्।
कार्यक्रममा आधा दर्जन भन्दा बढी नृत्य , एकल गायन , सामूहिक गायन , बाध्यवादनको प्रस्तुतिले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंकप्रसाद गौतमले भविष्यको लक्ष्य प्राप्तिका लागि आधार तयार गर्ने कक्षा ११ र १२ रहेको भन्दै यो बेला सहि निर्णय लिन सुझाव दिए। उनले हरेक क्रियाकलापमा सहभागितामूलक उपस्थिति विद्यार्थीको हुनुपर्नेमा जोड दिए ।
गौतमले अबको दुई दशकपछि देशका सम्पूर्ण संयन्त्रको नेतृत्वमा आजको पुस्ता पुग्ने भन्दै आफ्नो लक्ष्य पहिचान सहित अघि बढ्न उत्प्रेरित गर्नु भएको थियो । ‘मानिसले जन्मलाई संयोग कि आवश्यकता के ठान्छ रु त्यसमै उसको भविष्य निर्धारण हुन्छ ‘ ,गौतमले भने ‘ जन्मलाई संयोग नभई आवश्यकता सम्झेर अघि बढ्ने हो भने हरेक मानिसले सफलता प्राप्त गर्न सक्छ , त्यो सफलता व्यक्तिको लागि मात्र नभई मुलुकका लागि समेत हुनेछ । ‘
कलेजका प्रिन्सिपल टिकाराम पुरीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै समय अनुसारनै आफुलाई तयार गर्ने गरि अघि बढ्न सुझाव दिए। विद्यार्थीको चाहना र युग अनुसारको शैक्षिक वातावरण एभरेष्टमा रहेको भन्दै उनले बाँकी विद्यार्थीको मेहनतमा समेत भर पर्ने बताए।
सबै भन्दा पहिले आफ्नो भविष्य को लक्ष्य निर्धारण गरेर अघि बढ्ने र त्यसलाई पुरा गर्न दृढ इच्छाशक्तिका साथ मेहनत गरे सफलता अवश्य प्राप्त हुने प्रिन्सिपल पुरीले बताए। पछिल्लो समय इन्टरनेटको युगले सकारात्मक संगै नकारात्मक प्रभाव समेत परेको चर्चा गर्दै उनले इन्टरनेट र ग्याजेटको सदुपयोग मात्र गर्न सुझाव दिए ।
एभरेष्ट कलेजका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल नारायण कडरिया , कलेजका विभागीय प्रमुखहरु , शिक्षक(शिक्षिका लगायतको उपस्थिति रहेको थियो।