AArya
RUMPUM
animated ellipse animated ellipse

रंगेलीको भानु मेमोरियल स्कूलको बार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार १८:४५
3
Shares
रबिन्द्र बराल
रंगेली, ५ चैत्र / मोरङको रंगेली ५ मा रहेकोे भानु मेमोरियल इङलिस बोर्डिङ स्कूलले आफ्नो १८ औं बार्षिक उत्सव मनाएको छ ।
आज स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य,तथा नाटक प्रस्तुती गरी उपस्थीत अतिथि, अभिभावक, शिक्षकलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए ।
वार्षिक उत्सवको अवसर पाररे स्कलको आन्तरीक परीक्षामा प्रथम,द्घितिय र तृतीय हुने बिद्यार्थीलाई पुरस्कृत गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व सुनचा तथा सन्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले अहिले सम्म शिक्षा सबैको लागि भएकाले सरकारले शिक्षामा विशेष ध्यान दिनु पर्ने कुराम जोड दिए ।
 अभिभावक संधका पुर्वाञ्चलका अध्यक्ष देवि पन्थि,सिपिएफका निर्देशक विनोद कार्की र प्रिन्सिपल सुनिल पौडेललगायतले बोलेका थिए ।
कार्यक्रममा २०७२ सालको एस एल सी परीक्षामा उत्कृष्ट अङ ल्याउने ६ जना बिद्यार्थीलाई मायाँको चिनो र दोसल्ला ओडाएर सम्मान गरीएको थियोे । कार्यक्रमको सभापति स्कूलका संस्थापक नबिन्द्र बिक्रम शाहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर