AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०८०, बिहीबार १८:४१
198
Shares
काठमाण्डौ / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिएको मान्न नसकिने भन्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत मत गणना गरिएकाले विश्वासको मत लिएको मान्न नसकिने भन्दै यस्तो आदेश दिएको हो ।

गत भदौ ४ गते बसेको प्रदेशसभा बैठकमा अध्यक्षता गरेका कांग्रेस सांसद इस्नाइल मन्सुरीले मतदान गरेर बहुमत पुगेको घोषणा गरेपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

इजलसले १५ भदौमा मुद्दाको पेशी तोक्न आदेश दिदै त्यतिञ्जेलभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । त्यस्तै १३ भदौभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर