पूर्वाञ्चल खबर
आज सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरे लगतै एमाले र राप्रपाले उठेर विरोध गरेको थियो । त्यसपछि सभाध्यक्ष विरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए । त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरु बैठक छोडेर हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकाल स्थगित भएको हो ।
आजको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । तर प्रतिपक्षले संसद बैठक बहिस्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन् ।
सांसद बाहिरिएपछि सभाध्यक्ष इस्राइल मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरे ।