पूर्वाञ्चल खबर
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले नेपाल क्षयरोग निवारण संस्थाको मोरङमा पनि शाखा कार्यालय रहेकाले आफुले सक्दो सहयोग गरिरहेको बताउदै आगामि दिनमा पनि सहयोग र सहकार्यलाइ निरन्तरता दिने बताए । सो अबसरमा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले क्षयरोगको निवारणका लागि सरकारले गर्नुपर्ने काम संस्थाले गर्दै आएपनि सरकारी पक्षबाट सहयोग नभएको गुनासो गरे ।
कार्यक्रममा ओत्सुका पुरस्कारबाट समाजसेवी इन्द्रप्रसाद पाठक, कर्मचारीहरु शंकर महर्जन र घनश्याम कोइराला, संस्थाको दाङ जिल्ला शाखा, पाटन जेसिआइलाई पुरस्कृत गरिएको छ । त्यस्तै डाक्टर नारायणगोविन्द अमात्य स्मृति पुरस्कारबाट स्वर्गीय थीरमान शाक्य , कमलराणा प्रेरणा पुरुस्कारबाट तोरेन्द्रमान प्रधान र दिर्घ सेवा पुरस्कारबाट बुद्ध महर्जनलाई पुरस्कृत गरिएको थियो । शनिबारसम्म चल्ने महाधिवेसनले १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।