खबर पूर्वाञ्चल
आज कलेजले आफ्नै प्राङ्गणमा भर्ना भएका नयाँ विद्यार्थी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । विज्ञान, कम्प्युटर साइन्स, म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्टका संकायमा ९२४ विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।
दुई वर्षमात्र विद्यार्थीहरु आफुहरुसँग रहने भएकोले कलेजको हरेक दिन महत्वपूर्ण हुने गरेको संचालक रविन्द्र घिमिरेले गराए । यो सानो समयमा अनुशासीत भएर अध्ययन गरे सफलता निश्चितपाउने कुरा उनले बताए ।
अभिभावकतर्फबाट बोल्ने क्रममा समाजको अग्र पक्तिमा रहेका व्यक्तित्वहरु सुर्य किरण एकेडेमीका प्रिन्सिपल तथा सुनसरी प्यावसनका सह–सचिव मनोज यादव, हाम्रो मत दैनिकका सम्पादक गोकुल पराजुली र शिक्षक नागेश्वर यादवले आफ्नो र आफ्नो नानीको रोजाई ग्रीनल्याण्ड किनभयो भन्ने कुरा प्रष्ट पारे ।
कलेज प्रिन्सिपल दिपक पोखरेल, कलेजका संचालक शिवनारायण यादव, कृष्ण यादव र राजीव मिश्रााले सुपर ४८ र सिम्याट जस्ता अत्तिरिक्त कक्षाहरुले गर्दा ग्रीनल्याण्ड उचाईमा पुगेको जानकारी गराए ।