पूर्वाञ्चल खबर
तीन जना विद्यार्थीले चार जिपीए ल्याएर नेपाल प्रथम भएको विकेभीएम स्कुलले दाबी गरेको छ । ‘चार जिपीए ल्याउने देशभरीको विकेभीएम स्कुल पहिलो भएको अहिलेसम्म हामीले जानकारी पाएका छौं,’ विकेभिए स्कुलका प्रशासन प्रमुख रामहरी देवकोटाले भने, ‘उत्कृष्ट नतिजाको आधारमा हामीले नेपाल प्रथम भएको दावी गरिएक हौ ।’
विकेभीएमबाट २५७ जना विद्यार्थीले एसईईको परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ९९ जना विद्यार्थीले ३.६५ जीपीए भन्दा माथि ल्याएको उनले बताए । १११ जना विद्यार्थीले ३.२५ जीपीए, ४१ जनाले २.८५ जीपीए, ५ जनाले २.४५ जीपीए र १ जनाले २ जीपीए ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।