AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा विराटनगरको एस्पायर कलेजमा बृक्षारोपण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०८०, शुक्रबार १९:३८
90
Shares
विराटनगर /विराटनगर १४ मा अवस्थित एस्पायर कलेजले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।

ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा बृक्षारोपण आज बृक्षारोपण गरेको हो । बृक्षारोपणमा कलेज प्रशासन , विद्यार्थी र कर्मचारीले सहभागी भएका थिए । बृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो ।

असार १५ का अवसरमा बृक्षारोपण गर्नुको उदेश्य बारे प्रष्ट पार्दै कलेजका प्रमुख चिन्तामणी बस्नेतले पहिलो ब्याचका विद्यार्थी रहेका, उनहिरुको चिनारी अनन्तकालसम्म रहोस , वातावरण सरक्षणका लागि समेत सघाउ पुग्ने र कलेजको वातावरण समेत हराभरा रहने कारणले बृक्षारोपण गरिएको बताए । सो अवसरमा विद्यार्थीहरुले रोपेका विरुवालाई आफ्नै नाम दिएर संरक्षणका लागि समेत लाग्ने गरि बृक्षारोपण गरिएको हो ।

कलेजले विभिन्न अवसरमा शिक्षण कार्य सगै अतिरिक्त कृयाकलापमा समेत विशेष ध्यान दिएर नयाँ पन दिदै विभिन्न कार्यक्रम आयोजना गरेर विद्यार्थीको ज्ञानको दायरा फराकिलो पार्ने कार्यमा अग्रसर रह्ने गरेको छ ।

काठमाडौ विश्वविधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र वि टेक एड आइ टि का कक्षाहरु संचालनमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर