AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकारका लागि क्षमता विकास तालिम सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०८०, बिहीबार १८:५०
171
Shares
विराटनगर / नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ ।

प्रशिक्षणको सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गरे । हरिनगरा गाउँपालिकाको सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो । पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले तालिममा सहजीकरण गरेका थिए । प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्र विकासमा पछाडि परेको गुनासो गरे । उनले आफूले धेरै विकास गरे पनि सञ्चार माध्यममा नआएको गुनासो पोखे ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विकास र ग्रामीण पत्रकारितालाई जोड दिनु आवश्यक रहेको बताए । उनले राजनैतिक विषयभन्दा आर्थिक र सामाजिक मुद्दालाई पत्रकारले लेखनको विषय बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रशिक्षण वर्षका लागि पाठ्यक्रम तयार भइरहेको जानकारी दिइन् । उनले पत्रकारको क्षमता विकासका लागि युनियनले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्ने बताइन् । सो अवसरमा सुनसरीका पूर्वअध्यक्ष गणेश निरौला, धनबहादुर पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । युनियनले २०८० लाई प्रशिक्षणको वर्ष घोषणा गरेको छ । केन्द्रीय समितिले घोषणा गरेको अभियानलाई सुनसरीको ग्रामीण क्षेत्रबाट सुरु गरिएको अध्यक्ष धु्रव ढकालले जानकारी दिए ।

तालिममा सुनसरीका ४० जनाभन्दा बढी सक्रिय पत्रकारको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर