पूर्वाञ्चल खबर

कार्यक्रमका प्रमुख अतिथि विराटनगर–११ का वडाअध्यक्ष तिर्थेन्द्र न्योपाने, स्कुलका प्रिन्सिपल रविन दाहाल, भाइस प्रिन्सिपल अन्जली दाहाल,स्कुलका प्रशासन प्रमुख रामहरि देवकोटालगायत शिक्षक तथा शिक्षिकाले पुरस्कार वितरण गरे । सोहि अवसरमा स्कूलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्कुलले स्वागत समेत गरेको छ । स्वागत कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीले गित तथा नृत्य गरेर उपस्थित अतिथि तथा अभिभावकलाई मनोरञ्जन परुदान गरेका थिए ।
स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म २७५० विद्यार्थी अध्ययनरत रहेको प्रशासन प्रमुख देवकोटाले जानकारी दिए ।