AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०८०, बिहीबार १८:०३
1.37k
Shares
विराटनगर / विराटनगरमा बैंकबाट पैसाँ झिकेका एक जना व्यापारीमाथि आज दिउँसो खुकुरी प्रहार भएको छ ।

विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् । ट्राफिक चोकमा उनले ग्लोबल बैंकबाट पैसाँ झिकेपछि खुकुरी प्रहार हुँदा उनको हातमा चोट लागेको छ ।

घाइतेको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ । घाइते रायको जोगबनीमा किराना पसल छ । उनीमाथि हमला गर्ने साहलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका र घाइते हुने दुवै जना साथी हुन् । पुरानो रिसीबिलाई लिएर उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर