AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

५४ तोला सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०८०, मंगलवार १९:४४
900
Shares
विराटनगर / ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोदकुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् ।

राजस्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले आज तोकेको ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ धरौटि रकम बुझाएर मुरारकासहित तीन जना धरौटिमा रिहा भएका हुन् ।

राजस्व अनुस्न्धान कार्यालय इटहरीले बिगो बरावरको धरौटि आज खुलाएको हो । प्रतिवादीहरुको बयान सकिएपछि बिगो बरावरको धरौटि रकम खुलाएको राजस्व अनुस्न्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । राजस्वले तोकेको धरौटि रकम बुझाएर उनीसहित तीन जना रिहा भएका छन् । ‘तोकेको धरौटि रकम बरावरको बैंक ग्यराटी राखेका छन्,’ राजस्व अनुस्न्धान प्रमुख आचार्यले भने, ‘धरौटि रकम बुझाएपछि रिहा भएका छन् ।’ धरौटि रकम बुझाएर रिहा भएपनि उनलाई १५ दिनको तारखेमा राजस्वले राखेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मुरारकासहित ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित ५६ वर्षीया पुष्पा मुरार र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये विनोद विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् ।

पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरुको साथबाट प्रहरीले ६३३.९३ ग्राम सुन अहिलेको बजार मुल्य अनुसार ६० लाख ८७ हजार ५६५ रुपैयाँ, ८७५६.३३ ग्राम चाँदी ६ लाख ४४ हजार २ सय ४५ रुपैयाँ हुन आउँछ । यस्तै ८ लाख ४ हजार ७ सय ८९ भारतीय रुपैयाँ नेपाली १२ लाख ८८ हजार ८ सय ७० हुन आउँछ । जम्मा ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर