खबर पूर्वाञ्चल
उनले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको चर्चा गरे । उनले खेलकुदका माध्यमबाट विराटनगरको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सकिने उल्लेख गरे । विराटनगर–६ स्थित रामपुर पश्चिममा लिजमा लिएर बनाइएको मैदानमा आजदेखि महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा मोरङ, सप्तरी, सिरहा र एमसीसी–११ को सहभागिता रहेको आयोजक संस्था नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । यस्तै सोही अवसरमा आजैदेखि सञ्चालनमा ल्याइएको क्रिकेट मैदानको मेयर कोइरालाले उद्घाटन गरे ।
साढे ५ बिघा क्षेत्रफलमा खेल मैदान फैलिएको छ । १० वर्षका लागि खेलकुद प्रयोजनका लागि सो जग्गा लिजमा लिइएको श्रेष्ठले बताए । त्यस्तै महिलातर्फको अण्डर नाइन्टिन राष्ट्रिय खेलाडी सानु राजवंशी र पुरुषतर्फका दीपेश कँडेललाई सम्मान गरिएको थियो । उनीहरूलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गरे ।
तपाईको प्रतिक्रिया