AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरू, भारत, भुटान र नेपालका ९ टिमको सहभागि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०८०, शुक्रबार १९:४७
792
Shares
विराटनगर/ विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरू भएको छ । विराटनगरस्थित कभड हलमा आजदेखि खुल्ला कराँते प्रतियोगिता सुरू भएको हो ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका खेलाडीहरुको सहभागित छ । भारतका तीन, भुटानको एक र नेपालको ५ गरी ९ टिमको सहभागि छ । भारतका कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको टिम सहभागि रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए ।

प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको सहभागि छ । पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहेको उनले बताए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले गरे । उनले खेलकुद क्षेत्रको विकाशमा सबै लाग्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा बजेट बिनायोजन गुर्नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर