पूर्वाञ्चल खबर
आज हामी आफ्नो यात्राको छैठौं वर्ष पुरा गरी सातौं बर्षमा प्रवेश गरेका छौं । यस क्रममा हामीलाई सहयोग गर्नु हुने सबै प्रति सर्ब प्रथम हार्दिक आभार प्रकट गर्दछौं ।
पत्रकारिता पेसा आफैमा चुनौतीपूर्ण हुन्छ । त्यस माथि पनि नेपालमा गरिने पत्रकारितामा त चुनौतीको चाङ नै छ भन्दा अत्युक्ति हुदैन । विश्वका धेरै देशहरुले पत्रकारितालाई राज्यको चौथो अंगका रुपमा स्विकारेका छन् । नेपालमा पनि पत्रकारितालाई चौथो अंगनै भन्ने गरिन्छ । भनाई र ब्यवहारमा भने अहिले पनि तादात्मयता देखिन्न । राज्यको एउटा महत्वपूर्ण अंगलाई स्वयम् राज्यवाट गरिनु पर्ने ब्यवहार र सहयोग खासै हुनसकेको छैन ।
नेपाली पत्रकारिताको विकास र प्रवर्धनकालागि राज्य स्तरवाट प्रयाप्त भरथेग भएको छैन । आर्थिक पाटोमा मात्र होइन,यसलाई मर्यादित र ब्यवस्थित बनाउने दिशामा पनि राज्यउदाशिन छ । पत्रकारितालाईआफ्नो भजनमण्डलीका रुपमाप्रयोग गर्ने चाहना राजनीतिक वृतमा पछिल्लो चरणमा मौलाएको छ । पक्षधरताको वकालत गर्ने संचार माध्यमलाई काखी च्याप्ने र अन्यलाई आलोचक अर्थात प्रतिपक्षको रुपमा हेर्ने सरकारले सबै राजनीतिदलमा डेरा जमाएको छ ।
भनिन्छ, पत्रकारिता प्रजातन्त्रको पहरेदार हो । ब्यवस्थित पत्रकारिता विना प्रजातन्त्र परिपक्वहुन सक्दैन । हामीले राजनीतिक रुपमा प्रजातन्त्र, लोकतन्त्र हुदै गणतान्त्रिक ब्यवस्थामा नेपाललाई प्रवेश गराएका छौं । जनताद्धारा निर्वाचित जनप्रतिनिधि र जनताद्धारा अनुमोदित राजनीतिका दलमार्फत राज्यको संचालन भइरहेको छ । अर्थात राज्य संचालन जनताका छोराछोरीबाट हुने गरेको छ तर त्यसको अनुभूति नेपाली पत्रकारिता क्षेत्रले गर्न पाएको छैन । राजनीतिक दल र तिनका प्रतिनीधिहरुका अकार्यकूशलताका कारणले नेपाली समाजमा राजनीति प्रति आकर्षण घट्दो छ ।
अधिकांश युवाहरु विदेश पलाएन भइरहेका छन् र भएकाहरुमा पनि राजनीति प्रति बितृष्णा जाग्दोछ । जुन कुरा मुलुक र प्रजातन्त्रकालागि शुभ होइन । प्रजातन्त्रको मेरुदण्ड मानिएका कार्यपालिका र न्यायपालिकामाथि नै अस्वभाविक रुपले राजनीतिक प्रभाव बढ्दो छ । जनताकाआशा र भरोषाहरु माथिबज्रपातभइरहेका छन् । न्याय घट्दो छ , भष्टचार जन्यक्रियाकलापहरु बढ्दा छन्, राजनीतिअस्थिर बनिरहेको छ, बर्षमा पटक पटक सरकार परिवर्तन हुने गरेको छ, महगीले आकाश छोएको छ, ब्यवशायीहरु चर्को ब्याजदरका कारण आक्रान्त छन्, उद्योगधन्दा, ब्यापार÷ब्यवसायमा ब्यापक मन्दी आएको छ । मुलुकको अर्थ ब्यवस्था इतिहासकै कमजोर बन्दै गएको छ ।
पत्रकारिता र यस क्षेत्रमा सक्रिय संचारकर्मीहरुको दैनिकी पनि कष्टकर बन्दै गएको छ । कोरोना महामारी र त्यसले ल्याएको प्रभावबाट सिंङ्गो संचार क्षेत्र नराम्रोसंग गाँजिएको छ । यस्तो परिस्थितीमापत्रकारितालाई निरन्तरतादिनु आफैमा कठिनछ । जे भए पनि हामी बिगत ६ बर्षदेखि निरन्तर पाठकको विचमा छौं । हाम्रो यो निरन्तरतालाई नै हामीले आफ्नो सफलता ठानेका छौं । अर्को कुरा हामीगर्वका साथभन्न सक्छौ कीहामी निरन्तरतामा मात्र होइन, पत्रकारिताको मुल्य, मान्यता र सिद्धान्तमा अडिग भएर समाचार सम्प्रेशित गरिहेका छौं । यस अवधिमा हामी कसैको पक्षधरताकालागि प्रयोग भएनौ, कसैको अनुचित लाभ र स्वार्थका साथी बनेनौ, यहि नै हाम्रो सफलताहो भन्ने हामीले ठानेका छौं । पत्रकारिताको मर्म रइमानलाई उच्च राख्न तपाई आदरणीय पाठक, लेखक र शुभचिन्तक अनि मार्गदर्शकहरुले पु¥याउनु भएको योगदानको हामी उच्च सम्मान गर्दछौं । आजका दिनमा हामी तपाईहरुको माया, स्नेह र विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता ब्यक्त गर्दछौं र विज्ञापनदाता सहितयहांहरु सवैमा हार्दिक साधुवाद भन्न चाहन्छौंं ।