AArya
RUMPUM
animated ellipse animated ellipse

तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नु जरुरी छ : मेयर कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०८०, आईतवार १८:२८
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेका सीपलाई अधिकांशले व्यवहारमा नउतार्ने गरेको बताएका छन् ।

विराटनगर–८ स्थित अम्बे मुरारी सेवा केन्द्रले सञ्चालन गरेको १५ दिने घरेलु जुत्ताचप्पल बनाउने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै तालिमपछि प्रमाणपत्रलाई सिरानीले थिचेर थन्क्याउने गरेको बताए । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा नउतारेसम्म समाजले प्रतिफल प्राप्त नगर्ने दाबी गरे । मेयर कोइरालाले महिलाको सीप विकासमा महानगरपालिका गम्भीर रहेकोसमेत सुनाए । “महिलाहरुलाई स्वरोजगार बनाउन महानगर सहयोग गर्न तयार छ,” उनले भने, “तर सीप सिकिसकेपछि त्यसलाई व्यवहारमा उतार्नुपर्छ ।”

कार्यक्रममा आयोजक संस्थाकी संस्थापक अध्यक्ष भारती पोखरेलले सेवा केन्द्रले विगतदेखि नै सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् । तालिममा ३० जना महिलाको सहभागिता रहेको सचिव लक्ष्मी चौधरीले बताइन् । सो अवसरमा समाजसेवी गणेशप्रसाद पोखरेल, महिला उद्यमी सुनिता छाराहाङ, प्रशिक्षक मालती आचार्य, आयोजक संस्थाका महासचिव गंगाप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरे । सो अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर