AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७९, बिहीबार १५:२३
81
Shares
विराटनगर / नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट अधिकारीलाई पुरस्कृत गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार वितरण गरे । त्यस अवसरमा खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए । ‘नागरिकको अधिकार रक्षा गर्ने जिम्मेवारीमा खटिने पत्रकार समाज विकासका आधार हुन्,’ उनले भने ।

पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय संचार नीति पनि लागू भएपनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न जरुरी भएको सुनाए । ‘राष्ट्रिय संचार प्राधिकरण पनि महत्वपूर्ण छ । संचार क्षेत्रमा पनि नयाँ व्यवसायिक ढंगले पनि नयाँ व्यक्तिहरू आउने क्रममा छन्,’ उनले भने, ‘कतिपय चुनौती पनि देखिन्छन् । प्रजातन्त्र नमरोस् भन्नेमा राजनीतिक दल सचेत हुनुपर्छ ।’ उनले पारदर्शिता भएन भने लोकतन्त्र सजीव हुन नसक्ने बताए । निर्वाचन प्रणालीमा परिमार्जन गर्न जरुरी रहेको उनले बताए । ‘सक्षम मानिस उठ्न नसक्ने अवस्था हुदैछ । संसद प्रभावकारी नभएपछि सरकार बलियो हुन सक्तैन, ’ उनले भने । न्यायपरिषद्को संरचना पनि सुधार गरिनुपर्ने बताउँदै उनले संवैधानिक सुनुवाई पनि प्रभावकारी हुन पर्नेमा जोड दिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक आफैंमा महत्वपूर्ण भएको बताउँदै धेरै निकायले दुःख दिन आएको जसरी व्यवहार गर्ने गरेको बताए । उनले भने,‘सूचना दिनु धेरै कार्यबोझ भएको भन्ने ढंगले बुझ्न हुँदैन ।’ सूचना माग्ने र दिने क्रम बढ्नुपर्ने गुरुङले बताए । पछिल्ला वर्षहरूमा सूचना उपलब्ध नगराउनेलाई कारवाही गर्ने क्रम बढेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर