AArya
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्ड कपको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ भारत र एपीएफ बराबरीमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७९, मंगलवार १९:४१
135
Shares
विराटनगर / सातौं संस्करणको विराट गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफ बीच भएको पहिलो हाफ बराबरीमा सकिएको छ ।

विराटनगरस्थित सहिद मैदानमा अहिले जारी खेलमा लुका सकर क्लब र साविक एपीएफ बीच भएको पहिलो हाफ बराबरीमा सकिएको हो ।

पहिलो हाफसम्म दुवै टिमले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको छ ।

१४ औं मिनेटमा एपीएफका बुद्धीमान राईलेको प्रहार भारतका गोलकिपर सनफिरले उत्कृष्ट बचाए । १९ औं मिनेटमा युवराज खड्काको फ्रिकिक गोल गर्नबाट चुके । उनले गरेको प्रहार बाहिरिएको थियो ।

४० औं मिनेटमा भारतका एकमल सानको डिबक्स छेउबाट गरेको प्रहार गोल हुनबाट चुक्यो ।

यो जित्ने टिम फाइनलमा पुग्नेछ । बिहीबार हुने फाइनलमा आजका विजेताले घरेलु टिम विराटनगर सिटी क्लबसँग उपाधिको लागि भिड्नेछ । प्रतियोगितको बिजेताले नगद २० लाख १५ हजार र उपबिजेताले १० लाख १५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर