AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भुटानलाई पराजित गर्दै साविक बिजेता एपीएफ विराट गोल्ड कपको अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७९, शनिबार २१:४२
423
Shares
विराटनगर / इन्जुरी समयको अन्तिम मिनेटमा विदेशी खेलाडि अर्मन्द बेडमले पेनाल्टीमा गोल गरे पछि साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध पार्दै सातौं संस्करणको विराट गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा भर्खरै भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले पराजित गर्दै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि एपीएफको तर्फबाट सविन थापा र अर्मन्द बेडमले गोल गरेका थिए । भुटानको तर्फबाट सान्तवना गोल फोफोना इब्रहीम फर्काए ।

सविनले ३ मिनेटमा गोल गरे भने अर्मन्द बेडमले इन्जुरी समयको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गरे ।

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १–१ गोलको बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।

पहिलो हाफसम्म १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रमक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी फोफोनाको हातले बल राकेपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अर्मन्दले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

खेलअवधिभर दुवै टिमले थुपै्र गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए । ७ औ मिनेटमा युवराजको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।

१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलपिकर हरी गुरूङले उत्कृष्ट बचाए ।

२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अर्मन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।

४२ औं मिनेटमा मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बीट भइसकेको अवस्थामा बिकु तामाङ्गको प्रहार विफल भयो । ४७ औं मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ्ग डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।

खेलको ५६ औं मिनेटमा एपीएफका बिपीन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८ औं मिनेटमा एपीएफका बुद्धीमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो ।

८४ औं मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।

दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ८५ औं मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा गोल हुनबाट चुक्यो ।

इन्चुरी समयमा अर्मन्दले डिबक्स भित्रबाट गरेको हेडिङ्ग पोसमा लागेर बाहिरदा भुटानको संकट टरेको थियो ।

आइतबारको अन्तिम क्वाटरफाइनल खेल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर