विराटनगर, २९ फागुन / बिराटनगर ४ मा रहेको पेरागन एकेडेमिका एसइइ दिने कक्षा १० का विद्यार्थीलाई बिदाई गरेका छन् ।
आज आइतबार स्कूलमा एक आर्यक्रमको आयोजना गरी विदाइ गरेको हो । कक्षा नौ र आठमा अध्यायनरत विद्यार्थीले उनीहरुलाई विदाई गरेका हुन् ।
विदाई कार्यक्रममा कक्षा ६ का विद्यार्थीले झाँकी सहित बिभिन्न जात जातिको सास्कृतिक भेष भुषाको प्रदर्शन गर्नुका साथै नृत्य , कबिता गजल, गीत प्रस्तुत गरी भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा बिद्यालयका प्रिन्सिपल दीपकप्रसाद घिमिरेले बिदाई हुने विद्यार्थीेलाई मायाको चिनो प्रदान गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना सहित बिद्यालयमा सिकेको ज्ञानलाई जीवनमा प्रयोग गरी आफ्नो जन्मभुमिको बिकास गर्ने बिश्वास ब्यक्त गरेका थिए।