AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेज २१औ वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७९, शनिबार १७:३७
3
Shares
विराटनगर /विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

आज कलेजमा एक कार्यक्रमको आयोजना विच वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा हिसान तथा आन्तरिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा विजेता खेलाडि विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । सोही २०२२ मा सञ्चालित सिए कोर्षको परिक्षाको नतिजामा गोल्ड मेडल ल्याउन सफल मेरिल्याण्ड कलेजकी पूर्व विद्यार्थी शालु अग्रवाललाई नगदसहित सम्मान गरिएको छ ।

कलेजका उपाध्यक्ष प्राडा. पिके झाले आफ्ना मातापिताको नाममा राखिएको योगानन्द जहानदेवी छाज्ञवृति कलेजका प्रिन्स भगत र क्रिस्टीना निरौलालाई वितरण गरिएको छ ।

कायक्रमका प्रमुख अथिती मोरङ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, कोशी प्रदेशका पूर्व राज्य मन्त्री तथा प्रदेश साँसद लिला बल्लभ अधिकारी, पत्रकार महासँघ मोरङका अध्यक्ष सन्जिव खनाल, कलेजका उपाध्यक्ष प्राडा. पिके झा र प्रिन्सिपल लक्ष्मण ढकालले बोलेका थिए । कार्यक्रम कलेजका अध्यक्ष गुणराज ढुंगेलको सभापतित्वका सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर