पूर्वाञ्चल खबर

१ सय २५ रनको लक्ष्य पाएको पोखरीयाले २२ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ९९ रन बनायो । जस्मा रुद्र्र प्रताप साहले १७ रन जोड्दा राहुल महतोले १५ रन जोडे । सरस्वतीका म्यान अफ द म्याच राजा मण्डलले ४ दशमलव १ बलमा १६ रन दिएर ५ विकेट दिए । त्यस्तै लक्ष्मण तत्मा र पियुस गुप्ताले २–२ विकेट लिए ।
आइतबारै भएको दोस्रो खेलमा वुढानिलकण्ठ स्कूलले विनायक स्कूललाई २ विकेटले पराजित गरेको छ । वुढानिलकण्ठले दुई खेलमा १ मा जित र एकमा पराजित भएको छ भने विनायक पनि दुई खेलमा १ मा जित र एकमा पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ९४ रनको सामान्य योगफल बनायो । जस्मा विपन लिम्बुले २१ रन बनाउँदा बबयुस राजपालले १५ रनबनाए । वुढानिलकण्ठका म्यान अफ द म्याच रुपेश यादवले ३ विकेट लिँदा जिवन ढकालले २ विकेट दिए ।
९५ रनको सामान्य लक्ष्य पछ्याएको वुढानिलकण्ठले १९ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । जस्मा आर्यन मण्डलले २२ रन जोड्दा अमित साहले १६ रन जोडे । विनायकका रेहान अलीले ३ विकेट लिँदा क्रिस साह र अमन पोद्धारले २–२ विकेट लिए ।
लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।