विराटचोक, २५ फागुन कोसीहरैंचाको सुकुना माविले नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद । राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मोरङ जिल्ला खेलकुद समितिको आयोजना तथा सुकुना माविको संयोजनमा सुकुनै खेल मैदानमा बुधबार प्रतियोगिता सम्पन्न भएको छ ।
१ सय ६६ अंकका साथ सुकुना मावि प्रथम हुँदै नगद १५ हजार, उर्लाबारी–३ को राधिका मावि १ सय ४० अंकका साथ दोस्रो हुँदै नगद १२ हजार र ५४ अंकका विराटनगरको निलगिरी डनबस्को बोर्डिङ स्कूल तेस्रो हुँदै नगद ९ हजार पुरस्कार जितेको छ ।
प्रतियोेगिताको उत्कृष्ट खेलाडी छात्रतर्फ राधिका माविका मधुमडी सतार र छात्रातर्फ सरस्वती माविकी प्रजिना बस्नेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत हाइजम्प छात्रातर्फ सुनवर्षी माविकी दिक्षा गौतम प्रथम, सुकुना माविकी जानकी उराव दोस्रो र राधिका माविकी दिक्षा कार्की तेस्रो भए । छात्रतर्फ साजिलाल माविका यम डाँगी प्रथम, राधिका मावि–४ का शम्भु बस्नेत दोस्रो र राधिका मावि –३ का विकास विष्ट तेस्रो भए ।
ट्रिपलजम्प छात्रतर्फ राधिका मावि–३ का राजेश चौधरी प्रथम, जनता माविका प्रहलाद राजवंशी दोस्रो, सरस्वती माविका बुद्धिलाल हेमरम तेस्रो भए । छात्रातर्फ शारदा माविकी तुलसी कार्की प्रथम, श्रीमावि केरौनकी निकिता धिमाल दोस्रो र सरस्वती माविकी रिंकी माझी तेस्रो भए ।
त्यस्तै ४ गुणा ४०० मिटर रिलेको छात्रतर्फ राधिका मावि प्रथम, निलगिरी डनबस्को बोडिङ स्कुल दोस्रो र नारायण मावि तेस्रो भएभने छात्राततर्फ निलगिरी डनबस्को बोर्डिङ स्कूल प्रथम, शारदा मावि दोस्रो र सुकुना मावि तेस्रो भए ।
त्यसैगरी लङजम्प छात्रतर्फ नरग्राम माविका विरेन राजवंशी प्रथम, बालप्रतिभा बोर्डिङ स्कूलका रितम प्रधान दोस्रो र राधिका माविका गणेश खडका तेस्रो भए । छात्रातर्फ श्रीमाविकी निकिता धिमाल प्रथम, सुनवर्षी माविकी मिना रसाइली दोस्रो र नरग्राम माविकी शर्मिला बस्नेत तेस्रो भए ।
३ हजार मिटर दौडको छात्रतर्फ लक्ष्मी माविका प्रदिप राई प्रथम, जनता माविका सुदिप दाहाल दोस्रो र जनता माविका अक्षय चौधरी तेस्रो भएभने छात्रातर्फ जाँते माविकी रिमा लिम्बू प्रथम, निलगिरी डनबस्को बोर्डिङ स्कूल खुश्वु मर्डी दोस्रो र मछिन्द्र माविकी गंगा लिम्बू तेस्रो भए ।
त्यस्तै भलिबलको छात्रातर्फ सुकुना मावि प्रथम, राधिका मावि दोस्रो, रेडस्टार बोर्डिङ स्कूल र एभरेष्ट बोर्डिङ स्कूल तेस्रो भएभने छात्रतर्फ लक्ष्मी मावि प्रथम, महाभारत मावि दोेस्रो, युनिक बोर्डिङ स्कूल र न्यु प्यागोडा बोर्डिङ स्कूल तेस्रो भए ।
त्यसैगरी कवड्डीको छात्रातर्फ सुकुना मावि प्रथम, राधिका मावि दोस्रो, सरस्वती मावि र जनता मावि तेसो भए । छात्रतर्पm शिवशक्ति मावि प्रथम, पञ्चायत मावि दोस्रो र सुकुना मावि तेस्रो भए ।
प्रतियोगितामा जिल्लाका नौवटा निर्वाचन क्षेत्रबाट छनौट भएका ५० निजी तथा सामुदायिक विद्यालयका १३ सय विद्यार्थीले सहभागिता जनाएका थिए ।