ग्रेडेडको वार्षिक उत्सव सम्पन्न, प्रितिजा भइन ग्रेडेड सिंगीन स्टार
पूर्वाञ्चल खबर
२५ फाल्गुन २०७३, बुधबार १८:५९
3
Shares
विराटनगर, २४ फागुन/ विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड इङलिस मेडियम सेकेण्डरी स्कूलले आफ्नो वार्षिकोत्सव कार्यक्रम विविद्य कार्यक्रम गरी सम्पन्न गरेको छ ।
विराटनगरमा आज बुधबार एक भव्य समारोह आयोजना गरी स्कूलको वार्षिकत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले व्यवहारीकसँगै गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावको मन जित्नु पर्ने बताए । त्यस्तै विराटनगरमा रहेको स्नाकोउत्तर क्याम्पस प्रमुख डा. मनोज कुमार राउतले व्यवहारीकसँगै नैतिक शिक्षा प्रदान गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कुसर बाँकी नराखेको बताए । उनले आगामी दिन पनि यसगरीनै गुणस्तरीय शिक्षा प्रदान गरी अगाडी बढेने बताए ।
कार्यक्रममा स्कूलका अध्यक्ष केशवलाल सिंह सुवाल, प्याब्सन मोरङकी उपाध्यक्ष सीतला सुब्बा र अभिभावक सँघ मोरङ अध्यक्ष खगेन्द्र भट्टराईलगायतले बोलेका थिए ।