AArya
RUMPUM
animated ellipse animated ellipse

समावेसी नीति बनाउन यौनिक तथा अल्पसंख्यकको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७९, आईतवार १८:४४
117
Shares
विराटनगर/ राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक सामुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।

राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसंख्यकहरुको महासंघ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग राखेका हुन् ।

राजनैतिक दलहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई राजनैतिक घोषणा पत्रमा समावेश गरी यो समुदायलाई नीति निर्माण तहमा प्रतिनिधित्वको सुनिश्चित गराउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालकी अध्यक्ष मनिषा ढकालले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सामानुपातिक सभागिता गराउनुपर्ने बताइन् । ‘राज्यले लैङ्गिक अल्पसंख्यकहरूमाथि विभेद गरेको छ,’ उनले भनिन्, ‘संघ हुदै प्रदेश र स्थानीय तहको हरेक संयन्त्रहरूमा यौनिक तथा लैङ्गिक अप्पसंख्यक सामुदायको प्रतिनिधीत्व गराउनुपर्दछ ।’

राज्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई पहिचानको आधारमा राज्यले नागरिकता दिनुपर्ने उनले बताइन् । राज्यले गरेको विभेदको कारणले अहिले पनि यौनिक तथा अल्पसंख्यकहरुले अहिले पनि पहिचानको आधारमा नागरिकता नभएको बताइन् । यस्तो विभेदकारी नीति तत्काल खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने उनको भनाई छ ।

‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भनिन्, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्वक बाँच्न पाउने अधिकारीबाट बन्चित हुनुपरेको छ ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई नागरिकतामा बनाउन पनि समस्या रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघकी कार्यक्रम संयोजक सिमरन सेरचनले बताइन् । ‘अहिले पुरुष र महिलाहरुको लागि मात्र नागरिकता बनाउने गरेको छ ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको नागरिकता नबन्दा रोजगारबाट बन्चित हुनुपरेको अवस्था छ,’ उनले भनिन्, ‘राज्यले अब पहिचान अनुसारको नागरिता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरु थुप्रै सेवा सुविधाहरुबाट बन्चित हुनुपरेको अवस्था रहेको उनले बताइन् ।

परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले राजनैतिक दलमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई पनि सभाबेश गरेर लैजानुपर्नेमा जोड दिइन् ।

देशभरीमा ८ देखि १० लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू रहेको जानकारी गराउँदै उनीहरूले राजनैतिक दलले यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएका व्यक्तिको समानुपातिक सहभागिताको सुनिश्चित हुनुपर्ने माग राखेका छन् । मोरङमा मात्र १४ हजार यौनिक तथा लैङ्गिक अल्पसंख्यक रहेको परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मौसम श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर

Close