AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७९, सोमबार १२:५६
234
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उनकी ८४ वर्षीय आमा धनकुमारी राईको आज विहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ । उनी श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित रहेकी थिइन् । उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ ।

उनको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । वि.सं. १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिएकी स्वर्गीय धनकुमारीका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर