AArya
RUMPUM
animated ellipse animated ellipse

९ वर्षीय छोरी लिएर आमा बेपत्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०७९, सोमबार १५:०५
576
Shares
विराटनगर / मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् ।

वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनको खोजीकालागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।

लामो समय विदेशमा काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुन सक्ने बताए । यद्यपि आफन्त र नाता गोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर