AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा प्राध्यापक र कर्मचारी पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०७९, सोमबार १८:४४
153
Shares
विराटनगर / विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् ।

पुरस्कृत हुने प्राध्यापक त्रयमा प्रा.डा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल भए भने कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् ।

सम्मानित हुनेलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिना, त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका सभापति डा प्रमोद खेरवारले नगद, सम्मानपत्रसहित दोसल्ला र माला लगाएर सम्मान गरेका थिए ।

उत्कृष्ट प्राध्यापकको रुपमा छनोट भएका महेन्द्र नारायण कर्ण घरायसी कारणले अनुपस्थित भएकाले उनको सम्मान पछि हस्तान्तरण गरिने जनाइएको छ ।

सम्मान कार्यक्रममा पूविका उपकुलपति प्रा.डा. कोइरालाले महेन्द्र मोरङ क्याम्पसले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि धेरै सम्भावना बोकेको संस्था भएकोले अब एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।

सो अवसरमा पुरस्कृत प्राध्यापक प्रा.डा. अधिकारी, सहायकप्रमुखद्वय डा विष्णुदेव दास र डिल्ली पोखरेल, प्रा.डा. राजनारायण यादव, त्रिवि कर्मचारी संघका एकाई अध्यक्ष अनिल यादव, राधा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर