AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ असार २०७९, मंगलवार १८:१५
207
Shares
विराटनगर / विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । आज विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित भए । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको थियो ।

सोही अवसरमा भानु चतुर्भुज आशावादी सम्मान मिलन सिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको थियो । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट नेपाललाई जोडेको बताए ।

सोही अवसरमा आयोजित बहुभाषिक कविगोष्ठीमा भगवान झा, ऋषिधन बायुङ राई, भगवती ढुंगेल, गोविन्द तामाङ, भवानीप्रसाद पोखरेल, कर्ण सञ्जय, सरिता तुलाधर, सविना श्रेष्ठ, सुजाता राई, दशरथ रुम्दाली राई, चाँद इराकी, कविता केशरी, लक्ष्मी चौधरी, कुशेश्वर राजवंशी, पूजा बहार, नारायण याक्सोलगायत एक दर्जनभन्दा बढी कविहरुले विभिन्न भाषाका कविता वाचन गरे । सो अवसरमा कलाकार सपना साह, अञ्जना नेपाल, सरिता अर्याल, जमुना सापकोटा, टीका श्रेष्ठ, ग्रिस्मा श्रेष्ठ र संगीता यादवले नृत्य प्रस्तुत गरे । गायक श्याम बास्कोटाले गीत गाएर मनोरञ्जन प्रदान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर