AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विकेभिएम स्कुलद्वारा १३ लाखको छात्रवृत्ति वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७९, शुक्रबार १९:२९
7.47k
Shares
विराटनगर / विराटनगर–११ मा रहेको विकेभिए स्कुलले करिव १३ लाखको छात्रवृत्ति वितरण गरेको छ ।

आज स्कुलमा एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरेको हो । स्कुलले कक्षामा प्रथम, द्वितीय, तृतीय हुने ५४ जना छात्र तथा छात्राहरुलाई तेह्र लाख अठ्ठाइस हजार दुई सय पचास रुपैयाँ बराबरको नगद छात्रवृत्ति समेत प्रदान गरेको विद्यालयका प्रशासन प्रमुख रामहरी देवकोटाले जानकारी दिए ।

उनीहरुलाई जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, स्कुलका प्रिन्सिपल रविनकुमार दाहाल, प्रशासन प्रमुख देवकोटा,स्कुलका शिक्षक तथा शिक्षिकाले पुरस्कार तथा सम्मान गरे । सोह िअवसरमा स्कुलमा शैक्षिक सत्र २०७९ सालमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख गौतमले विकेभिएम स्कुललविद्यार्थीको व्यक्तित्व विकासमा चौतर्फी ध्यान दिई राष्ट्र निर्माणमा अब्बल विद्यार्थीहरु लगातार रुपमा उत्पादन गरि टेवा दिइरहेको समेत समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर