पूर्वाञ्चल खबर
विशेष गरी महानगर भित्र रहेका राई लिम्बु र याक्खा जातीले आफ्नो धर्म सस्कार सस्कृतीअनुुसार विराटनगरमा रहेका किराँत समुदायहरुले उभौली पर्व मनाएका हुन् ।
विराटनगरका लिम्बु र याक्खाहरुले विराटनगर महानगरपालीका वडा नम्बर १५ स्थित माङखिम मन्दिरमा आफ्नो परम्परा अनुसार प्रकृतीदेउताहरुको पुजापाठ गरी उभौली पर्व मनाएका थिए ।
यसैगरी राई समुदायहरुले विराटनगर ११ पिचरा स्थित साकेला थानमा विविध कार्यक्रम गरी मनाएको छ ।
साकेला थानमा विविधत रुपमा कुलहरुको पुजापाठ गरी उभौली पर्व सुरुवात गरेका थिए । किराँत राई यायोक्खा विराटनगर कमिटिीले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत सहभागी भएका थिए ।
कार्यक्रममा किराँत राई यायोक्खाले महानगर भित्र बसोबास गरेका जेष्ठ नागरिक तथा समाजसेवी युवा नेता वसिम आलामलाई समेत सम्मान गरेको थियो ।
औपचारिक कार्यक्रम पस्चात राईको साकेला सिली र लिम्बुहरुको च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए । साकेला सिलीमा प्रदेश नम्बर १ मुख्यमन्त्री राई, किराँत राई यायोक्खा महानगरका अध्यक्ष विष्णु राई, सचिव कुन्ता राईलगायत अन्य किराँती समुदायका किशोर किशोरीहरुले सामुहिक रुपमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराँत जातिहरूले भव्य रूपमा किराती रीतिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउदै आएको पाईन्छ ।