विराटनगर, १९ फागुन /मोरङको विराटचौकमा हुन लागेको कोशी हरैचा एक्स्पोे–२०७३ को अवसर पारेर होटल एशियाटिकले हेलीसिटि टुर संचालन गर्ने भएको छ ।
विराटनगर स्थित होटल एशियाटिकको आयोजनामा यहि फागुन –२१ गतेदेखि २९ गतेसम्म हुन लागेको कोशी हरैचा एक्स्पामा हेलिसिटि टुरबाट पुर्वका पर्यटकिय स्थलको अवलोकन गराइने जनाएको छ ।
होटलले आज विराटनगरमा पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराउदै उक्त हेलीटुरमा इटहरीको गोकुलम रिर्सोटवाट १५ वटा फलाइट संचालन गर्न लागेको जनाएको छ । कोशी हरैचा एक्स्पोको हेलिसिटी टुरकामा अवलोकनका लागि ४५ वटा फ्लाइट वुक भइसकेको होटलका प्रवन्धक संचालक पुण्य भराईले वताए ।
पूर्वको पर्यटन प्रवद्र्धनका लागि हेलीसिटि टुर संचालन गर्न लागिएको जानकारी दिए । हेलीटुरवाट दैनिक पाथीभरा दर्शनको व्यवस्था मिलाइएको छ । दुईवर्षदेखि संचालनमा आएको सो होटल पूर्वको पर्यटन प्रवद्र्धनमा विभिन्न कार्यक्रम तथा टुर प्याकेजका कार्यक्रमहरु संचालन गर्दे आएको छ ।
उक्त होटलले विराट एक्स्पोमा समेत तिनदिनका लागि हेलीसिटी टुर संचालनमा ल्याएको थियो । यसैगरी उक्त होटलले फागुन २१ गतेदेखि २७ गतेसम्म ताप्लेजुङ पाथिभरादेवीको दर्शनका लागि हेली टुर संचालनमा ल्याउन लागेकोमा त्यसका लागी तिन दिनको टिकट वुकिङ भइ सकेको संचालक भट्टराईले जानकारी दिए ।