AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सबै कर्मचारीको पेशागत सुरक्षा गर्ने थापाको उद्घोष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७९, आईतवार १९:४४
333
Shares
विराटनगर / नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् ।

आज विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको सुरक्षा र स्थायित्वका लागि आफू प्रतिवद्ध रहने बनाएका हुन् । कार्यक्षमता योग्यता र इमान्दारिताको मूल्याङ्कन गर्दै विषयगत जिम्मेवारीमा सबैलाई प्रोत्साहन गर्ने नीति आफ्नो प्रतिवद्धतामै प्रकट भइसकेको उल्लेख गर्दै उम्मेदवार थापाले सबैमा समान व्यवहार गर्ने पनि बताए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौनावधि शुरु हुन केही दिन बाँकी रहँदा सबै उम्मेदवारहरू चुनावी प्रचार र मतदाता शिक्षामा केन्द्रित रहेका छन् । यतिबेला मतदाताहरूलाई भेटेर आफ्ना कुरा राख्न बाँकी ठाउँहरूमा सबै उम्मेदवार मेहनपूर्वक मतमाग्न जुटेका छन् । कतिपय ठाउँमा कोण सभा र ¥यालीका कार्यक्रमहरू तय गरी आफ्ना कुरा जनतासमक्ष राख्नेक्रम जारी रहेको छ । यसै सन्दर्भमा नेकपा एमाले विराटनगरले पनि

महानगरपालिकाका विभिन्न वडाकेन्द्रित कोणसभा सम्पन्न गरिरहेका समाचारहरू प्राप्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर