AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कर घटाउने विषयमा उद्योगी व्यवसायीसँग कांग्रेसको छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७९, सोमबार १५:४३
369
Shares
विराटनगर / नेपाली कांग्रेसले विराटनगरका उद्योगी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ ।

नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासको विषयमा केन्द्रीत भई छलफल गरेका हुन ।

त्यस अवसरमा उनले करको दर घटाउने र दयार फराकिलो बनाउने विषयमा सुझाव समेत मागेका थिए । करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रस्ट भएको भन्दै उनले भने,“म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न ।” कोइरालो सडक निर्माण,शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाई आफ्नो प्राथमिकताका कार्यक्रमहरु भएको बताए । त्यस अवसरमा वडाध्यक्षका उमेदवार सन्तोष ढुंगाना तथा सदस्यहरु प्नि सहभागी थिए ।

करबृद्धिले समस्या भएको उद्योगी तथा व्यवसायीको गुनासो थियो । कार्यक्रममा कांग्रेस प्रभावशाली नेता डा. शेखर कोईराला, विमलेन्द्र निधि, महेश आचार्य पनि सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर