AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मीरगञ्ज पुल आंशिकरुपमा संचालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७९, शुक्रबार १९:४५
198
Shares
विराटनगर / विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधिन नयाँ चार लेनको पुल विहिबारदेखि आंशिक रुपमा संचालनमा आएको छ ।

मोरङ व्यापार संघले विगत लामो समयदेखि मीरगञ्ज पुलको जीर्णोद्वारका लागि पटक पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा पहल गर्दै आएको थियो ।

संघका अध्यक्ष नवीन रिजालले विगत १६ वर्षदेखि नयाँ मीरगञ्ज पुल बन्ने काम ठप्प रहेको र उक्त कार्यलाई सूचारु गर्न र पुरानो जिर्ण अवस्थामा रहेको पुललाई मर्मत गर्न पहल गरी हाल आएर आंशिक रुपमा चालु भएको र केही दिनभित्रै पूर्णरुमा पुल संचालनमा आउने समेत बताए ।

भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारी साधनहरु मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै आएका छन् जसबाट नेपाली आयातकर्ताले प्रति सवारी साधन करिब २५ हजार थप व्ययभार व्यहोर्नु पर्ने बाध्यता रहँदै छ । पुल संचालन गर्नका लागि अध्यक्ष रिजाललगायतको टिमले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारविशगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिश्नर, नेश्नल हाईवे अथोरिटी अफ इण्डीयाका अधिकारीहरुलगायत विभिन्न निकायमा पहल गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर